बागलुङ, १९ कात्तिक – ताराखोला गाउँपालिकाका कर्मचारीहरुले राष्ट्रिय
आविष्कार केन्द्र काठमाडांैलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संकलन गरेको १ लाख २७ हजार १ सय ११
रुपैयाँ आविष्कार केन्द्रलाई एकमुष्ट रुपमा सहयोग गरेका हुन् । ताराखोला
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कँडेलले आविष्कार
केन्द्रका संयोजक महाविर पुनलाई उक्त रकम बुधवार हस्तान्तरण गरेका हुन् ।
आविष्कार केन्द्रले नयाँ नयाँ र मौलिक आविस्कार गरेर देश विकासमा टेवा
पुराहोस भन्ने सुभेच्छा राखेर सबै कर्मचारीको तर्फबाट सहयोग गरिएको प्रमुख
प्रशासकीय अधिकृत कँडेलले वताए ।
Source :
https://dhorpatannews.com/2020/11/42386/?fbclid=IwAR1dde3i2jUrY0n3D1EetzXuhz2yQQKN36FCcYxBismcfaI7eR6MkgWtuHc

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो सम्र्पक इमेल आइडीमा दिनुहोला । धन्यबाद ।