म खानेपानी मन्त्रालयको सचिवमा सरूवा भएको ०७३ साल कार्तिकमा हो। ०७४ भदौसम्म १० महिना कार्यरत रहेर रिटायर भएँ।
म सरूवा भएर आउदा खानेपानी मन्त्री प्रम प्रचण्ड थिए। केही महिना भित्र राज्य मन्त्रीमा नेकॉ सांसद दिपक खड्का आए। त्यसपछि मन्त्रीमा प्रेमबहादुर सिंह नियुक्त भए।
सरकार फेरबदल भयो, शेरबहादुर प्रम बने, उनी नै खानेपानी मन्त्री रहे। फेरि राज्यमन्त्रीमा दिपक खड्का आए। अनि मन्त्रीमा जीवनकुमार शाहीको नियुक्ति थपियो।
मन्त्रीमण्डल फेरि पुनर्गठन नेकॉ सांसद भएर महेन्द्र यादव मन्त्री बने। सहायक मन्त्रीमा नेकॉ सांसद गद्दी थपिए। यो सानो मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री गरेर ३ जनाले जिम्मेवारी लिए। यसरी मेरो १० महिने कार्यकालमा २ जना प्रमसहित ७ मन्त्रीसंग काम गरेँ। सबैसंग सौहार्द्रपूर्ण सहयोगी सम्बन्ध रह्यो। कसैले कुनै काम गर्न मलाई दबाब दिएनन्। सबैले मलाई माया सम्मान गरेका थिए अहिले पनि सम्मान गर्छन्।
अनि म रिटायर भएँ।
म रिटायर भएपछिको १० महिनामा ४ जना सचिव फेरिएछन्। ०७४ मंसिरमा चुनाव भयो। अनि एमाले नयमाओबादीको संयुक्त प्रम ओलीको सरकार बन्दा बिना मगर खानेपानी मन्त्री भएकी हुन्। बिना मगर र म संगै काम गरेका हैनौँ। बिना मगरले ५ जना पूर्व खानेपानी सचिवहरू रहेको अवैतनिक बिज्ञ सल्लाहकार बनाउदा मेरो नाम पनि समावेश भएको थियो। १/२ वटा मिटिंगमा गइयो।
बिना मगर, सचिव गजेन्द्र ठाकुर र मेलम्चीका कार्यकारी निर्देशक सूर्य कँडेलको पालामा ईटालियन कम्पनीसंगको मेलम्ची ठेक्का ठेकेदारले एकतर्फी तोडेर स्वदेश फर्कियो।
यसको कारण सरकारले ठेक्काको रनिङ बिल १५ दिन भित्र भुक्तानी नदिनु थियो। यो अवधिमा भुक्तानी नदिए ठेकेदारले ठेक्का तोडेको जानकारी दिने अधिकार ठेक्का सम्झौतामा थियो। करिब १ अर्बको मात्र काम बॉकी थियो। त्यो बॉकी काम पूरा गर्न रू ३ अर्बको अर्को ठेक्का चिनिया कम्पनीलाई दिईयो। ईटालियन ठेकेदारको सबै धरौटी करिब ३ अर्ब जफत गरेर सरकारी राजश्वमा राखियो।
यसले ठेकेदारसंगको सबै बक्यौता कभर गरेको छ।
हाल मेलम्चीको पानी बितरण भइरहेको छ।

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो सम्र्पक इमेल आइडीमा दिनुहोला । धन्यबाद ।